
बुढेसकालमा विश्वलाई जाँगरको पाठ सिकाई रहेका ट्रम्प



काठमाडौं । डोनाल्ड ट्रम्पले चुनाव जिते । चुनाव जित्नु चानुने कुरा होइन । चुनाव जहाँसुकैको होस् त्यहाँ मतदाताको आशा, भरोसा् , सपना र दह्रो भरोसा जोडिएकै हुन्छ । आज डोनाल्ड ट्रम्पले विश्वकै शक्तीशाली मानिने राष्ट्र अमेरीकाको चुनाव जितेका छन्। त्यो पनि राष्ट्रपति पदको ४७ औं चुनाव । अमेरिकाको राष्ट्रपती कार्यकारी हुन्छन् । नेपालमा प्रधानमन्त्री र राष्ट्रपतिले गर्ने काम अमेरिकामा राष्ट्रपति एक्लैले गर्छन् भन्दा बुझ्न अझै सहज होला ।
महामही र कार्यकारीको उपाधी दिईने अमेरीकी राष्ट्रपति चुनावको विशेषताका बारेमा राजनितीशास्त्रमा समेत निकै चर्चा हुने गरेको छ । आज हामीले डोनाल्ड ट्रम्पले जितेको चुनावलाई राजनैतीक पाटोबाट मात्र नहेरौ । उनको उमेर र जोसलाई समेत चर्चा गरौ ।
ट्रम्पले राष्ट्रपतिको चुनाव जितेको यो पहिलोपालि होइन । उनी अमेरीकाको दोस्रो पटक राष्ट्रपति बन्न सफल भएका हुन् । वन्ली द विनर आर काउण्ड डाउन इन द हिस्ट्री भन्ने अंग्रेजी उखानलाई नै सापट लिने हो भने ट्रम्पले ठूलो बाजी मारेका छन् ।
लामो प्रतिक्षा पछि उनले आफ्नो विजयी सभामा जानु पूर्व नै आफूले जित्ने पक्का भएको घोषणा गरेका थिए । ट्रम्पले त्यस्तो अभिव्यक्ती दिने बेलामा उनको जीत पनि करिब पक्का पक्की अवस्थामा पुगेको थियो । तर, औपचारिक घोषणा भएसकेको थिएन ।
आफूले विजय प्राप्त गर्नु अघि उनले सम्पूर्ण अमेरीका आफ्नो समर्थनमा रहेका कतिपय अभिव्यक्ती दिएका थिए । त्यस्तै, बिजयको ढोका नजिकै पुग्दै गर्दा उनले आफ्नो कार्यकालमा कुनै पनि किसिमका युद्ध, हिसां रोक्न आफू प्रतिवद्ध रहने जनाएका थिए ।
हाल डोनाल्ड ट्रम्पले बाजि मारिसकेको अवस्थामा उनले जीवनको उत्तरार्धमा पाएको सफलताले पनि विश्वमा जाँगर गर्न छाड्नु हुन्न, समयले कहिले साच्चै कहिले साथ दिन्छ भन्ने पत्तो हुन्न भन्ने सन्देश एकाएक फिजिएको छ । अधिकांश मानिहरुले आफ्नो जीवनको उत्तरार्धमा रिटायर्ड लाइफ अवकासश प्राप्त समयको खोजी गर्ने गर्छन् । तर, राजनीति एउटा यस्तो किसिमको पेशा हो जहाँ थकाई भन्ने शब्द प्राथमिकतामा पर्दैैन । या भनौ थाक्ने मान्छले राजनीति गर्न सक्दैन ।
अहिले डोनाल्ड ट्रप्पको उमेर हेर्दा उनले आराम गर्ने उपयुक्त समय हो । हाल उनी ७८ वर्षका भए । जुन नेपालीहरुको लाइफ एक्सेन्टेन्सी औसत आयू भन्दा पनि धेरै उमेर हो । तर, आफ्नो जीवनका कतिपय अधिकांश काम गर्नलाई समय अपुग नै हुने गर्छ । अझ भनौं खास जाँगर चल्दैन । । पछिल्लो समय नेपालमा यूवापुस्तालाई राजनीतिमा ल्याएर यहाँका बेथितीहरु चिर्न यूवा राजनीतिकर्ताको महशुस भइरहेको बेलामा विश्वको शक्तीशाली देशमा भने पाका पुस्ताका ट्रप्पले बिजय हाँसिल गरेका छन् । यसले पनि ड्राईभर यूवा होस् कि बूढो होस् त्रिशुली नदीको तीरै तीर हिनेपछि मात्रै उ मुग्लिन पुग्छ भन्ने यथार्थलाई प्रस्ष्ट पारेको छ । राजनीतिको कठिन त्रिशुली ट्रम्पले सहजै पार गरेका छन् ।
विश्वमै कलिएका ठूला हात हतियारदेखि शान्ती वार्ताका स्रोतहरु एकसाथ सिंचित गर्दै आएको अमेरिकी नीतिले विश्व बजारमा र वोल्र्ड इकोनोमिका के कस्ता फेरबदल ल्याउँछ त्यो भने हेर्न बाँकी नै छ । पछिल्लो समय बढदै गएका हात हतियारका दुरुपयोगमा अमेरिकाले हेर्ने नजर र उसले अपनाउने नीति कतिको सान्दर्भिक बन्नेछ । त्यसको जानकारी लिन हामीले आगामी दिनमा ट्रप्ले चाल्ने कदमहरुलाई अवलोकन गर्नु पर्ने हुन्छ ।


