
इप्पानका निर्वतमान अध्यक्ष कार्की इनर्जी स्टोरेज एसिया २०२६ मा सहभागि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का निर्वतमान अध्यक्ष गणेश कार्की इनर्जी स्टोरेज एसिया २०२६ मा सहभागि भएका छन् । उनी उक्त कार्यक्रममा वक्ताका रूपमा सहभागी भएका हुन् ।
यो कार्यक्रम थाइल्यान्डको बैंककमा एसिया दिगो ऊर्जा सप्ताहको नारासहित आयोजना गरिएको थियो । यस कार्यक्रममा दक्षिण–पूर्वी एसियामा ऊर्जा भण्डारणको भविष्य निर्माण गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो । दक्षिण–पूर्वी एसियामा ऊर्जा भण्डारणसम्बन्धी आफ्ना विचारहरू साटासाट गर्ने तथा अन्तर्राष्ट्रिय दृष्टिकोणहरू बुझ्ने अवसर मिलेकाले यो छलफल निकै फलदायी रहेको कार्कीले बताए ।

