
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका बरिष्ठ डीसीईओ डा.राकेश पोखरेललाई पितृ शोक



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) डा.राकेश पोखरेललाई पितृ शोक परेको छ । पोखरेलका पिता यही कातिक १६ गते स्वर्गवास भएका हन् ।
६५ वर्षको उमेरमा निमोनिया देखिएपछि उनका अन्य अंगहरुमा समेत (मल्टिपल अर्गान फेलर) समस्या बढ्दै गएको थियो । तर, सो बिरामी हुनुभन्दा अगाडी उनको स्वास्थ्यमा अरु खासै ठूला समस्याहरु भने नदेखिएको पारिवारीक स्रोतले बीमा दर्पण डटकमलाई जानकारी दिएको छ ।
यस दुखद् घडीमा पोखरेल परिवारलाई नोभल्टी न्यूज मिडीया प्रा.लि.कोतर्फबाट हार्दिक समवेदना व्यक्त गर्न चाहान्छौं ।


