

नेशनल लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
कम्पनीले केही प्रदेश प्रमुख, ब्रान्च इन्चार्ज, मार्केटिङ अफिसर, एडमिन म्यानेजर, डेपुटी एडमिन म्यानेजर, एसिस्टेन्ट म्यानेजर लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले सात दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।