

मन्त्री दाहालले नागढुङ्गा सुरुङ मार्ग निरीक्षण गरे




काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिएका छन् ।
मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उनले सुरुङ मार्गको निरीक्षण गरे । त्यसक्रममा उनले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिए ।