

स्थानीय तहका निकायका वाणिज्य बैंकमा राष्ट्र बैंकको स्वीकृती वेगर खाता खुल्ने




काठमाडौँ । आगामी दिनमा स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरूले वाणिज्य बैंकहरुमा खाता खोल्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने व्यवस्था लागू गरिएको छ। राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको सुनाएको हो ।
त्यस्तै, राष्ट्र बैंकले सरकारी कारोबार निर्देशका, २०७६ दोस्रो संशोधन, २०८१ बमोजिम अब स्थानीय तहअन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंक अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्न पाइने व्यवस्था विद्यमान थियो।