
विधिवत रुपमा तिहार पर्व मनाइदै:परम्परा जोगाउने चटारोदेखि आधुनिकताको हावीसम्म



काठमाडौं । आज विधिवत रुपमा नेपाली हिन्दु परम्परा अनुसार भाईटीका मनाईदै छ । अन्य बेलामा आ–आफ्नो कार्य व्यस्ततामा रहेका दाजुभाई तथा दिदी–बहिनीहरु एक ठाउँमा भेला भएर भाईटीका पर्व मनाई रहेका छन् ।
अन्य पर्वको तुलनामा हिन्दुहरुले मनाउने तिहार, विजया दशमीपछिको दोस्रो ठूलो चाड हो । यस्तो चाडपर्वहरुको समूहमा तिहार आफैमा यस्तो कुरा हो जहाँ विभिन्न रकम, जीव, काग,कुकुर, गाई गोरुदेखि आफ्ना आत्मियन भाई–बहिनीहरुको समेत पूजा आरधना गरिन्छ ।
अन्य पर्वहरुको तुलनामा लामो समयसम्म मनाईले भएकाले पनि तिहार पर्वलाई सम्झिने सबैका आ आफ्नो सम्झनाहरु छन् । कतिपयले तिहार भन्ने बित्तीकै भाईटिका नै सम्झिन्छन् । तर, वास्तवमा तिहार भनेको दशै जस्तो मात्र होइन । जहाँ टीका र आशिर्वादमा मात्र सम्झिने गरिन्छ । तिहारमा कतिपयले गाई पुजालाई नै आफ्नो सबैभन्दा मनपर्ने पूजाको रुपमा चित्रण गर्ने गरेका छन् । त्यस्तै, कतिपयलाई तिहार भन्ने बित्तीकै देउसी, भैलौ खेलेको सम्झना ताजा रुपमा आउँने गर्छ । अझ विषेश गरेर तिहारमा अन्य रमाईलो खेलहरु खेल्ने र विषेश परिकारहरु खाने कुराहरु त छँदै छन् । मुख्य गरेर तिहारसँग झिलीलिमी र रंगीचंगीपना पनि छुट्दैन ।
विगतमा घर–घरमा मैन बत्ती बालेर तिहार मनाउँने गरिन्थ्यो । त्यतिबेलामा सम्भवत बिजुली बत्तीको कमी थियो । बिजुलीका लाईनहरु नभए पनि गाउँ गाउँमा घर उज्यालो पार्नु पर्छ र त्यस्तै सफा सुग्घरमा लक्ष्मीले बास गर्नु हुन्छ भन्ने परम्परा पनि रहदै आएको थियो ।
अहिले भने अधिकांश ठाउँमा बिजुली बत्तीको प्रयोग गरेरै भए पनि घरलाई थप झिलीमिली बनाउँने परम्परा छ । कुरा जे जस्तो भए पनि हामीले सबैको चाहना भनेको तिहारमा आफ्नो घरलाई झिलीमिलि बनाउँने भन्ने नै हो । त्यस्तै, लक्ष्मीपूजाबाट सुरु भएको देउसी, भैलो समेत कतिपय स्थानमा तिहारको आसपाका दिनसम्म पनि मनाउने गरेको पाइन्छ ।
विगतमा मनाईने तिहार पर्व र आधुनिक तिहार मनाउँने शैलीमा केही फेरबदल भने पक्कै आएको छ । त्यसरी आधुनिकतावादी हावी भए पनि संस्कृतीलाई जोगाउने किसीमले सकारात्मक शैलीको विकास गर्नु केही चुनौती बनेको छ । चाडवर्पको नामलाई लिएर फैलिएका केही अशोनिय कार्यहरुलाई पन्छाएर हेर्ने हो हामीलाई पुराना संस्कृतीले पनि दिने अथाह स्मृतीहरु छन् । त्यही सु–संस्कारमा हुर्किएका अग्रजहरुले नयाँ पुस्तलाई आफ्ना अनुभव र ज्ञान सिकाउने पर्नेदेखि नयाँ पुस्ताले आफ्ना पुराना पिढीलाई प्रविधि र नयाँ कार्यशैलीमा जोड्न आवश्यक देखिन्छ ।


