

बाढी पहिरोकाे कारण ५ राजमार्ग पूर्ण रूपमा अवरुद्ध




काठमाडौं। देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ५ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार यसिदन बाढि पहिराेकाे कारणा ६ सडक एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
नेपाल प्रहरीका अनुसार सङ्खुवासभा जिल्ला भोट खोला गाउँपालिका–४ वरुण स्थित कोसी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ । रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरोध भएको छ ।
यसैगरी, मुस्ताङ जिल्ला थासाङ गाउँपालिका, घोप्टेभिर स्थित बेनि, जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । यसैगरी, रूकुम पश्चिम जिल्ला अठबिसकोट नगरपालिका,६ रिजिगार स्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ ।
हुम्ला जिल्ला सिमिकोट गाउँपालिका ६ शिव मन्दिर स्थित कर्णाली करिडोर पूर्ण रूपमा अवरोध भएको छ । काठमाडौं जिल्ला टोखा नगरपालिका–२ स्थित काठमाडाैं, नुवाकोट सडक खण्ड एकतर्फी सुचारु भएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका–१० दब्ल्याङ स्थित कालिगण्की करीडोर एकतर्फी सुचारु भएको छ ।
नवलपरासी जिल्ला गैँडाकोट गाउँपालिका–३ तरङखोला स्थित कालिगण्की करीडोर एकतर्फी सुचारु भएको छ । यता पर्वत जिल्ला जलजला गाउँपालिका ४, लामाखेत वेनि मालढुङगा सडक वैकल्पिक बाटो सुचारु भएको छ भने, पर्वत जिल्ला मोदी गाउँपालिका–५ भ्याप्ले स्थित मध्यापहाडी लोकमार्ग एकतर्फी सुचारु भएको छ ।
रोल्पा जिल्ला सोही परिवर्तन गाउँपालिका ग्रामजिम स्थित सहिद राजमार्ग एकतर्फी सुचारु भएको छ भने रोल्पा जिल्ला सोही परिवर्तन गाउँपालिका वडा न ५ धामाचोर स्थित सहिद राजमार्ग एकतर्फी सुचारु भएको छ।