

तिवारी बने रिलायबल नेपाल लाइफको नायब प्रमुख कार्यकारी अधिकृत




काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा पद दिपेश बाबु तिवारीले हात पारेका छन्। बैक, वित्तीय क्षेत्रको लामो अनुभव हाँसिल गरेका तिवारीले सो पद हात पारेका हुन् ।
बीमाभन्दा अघि फाइनान्स कम्पनीबाट आफ्नो करियर सुरुवात गरेका उनले विभिन्न पटक शाखा प्रमुख लगायत महत्वपूर्ण पद हात पारिसकेका छन् । एमबिए पढेका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने कम्पनीले यसपालि उनलाई डीसीईओको जिम्मेवारी सुम्पिएको हो ।
उनको कार्यकाल आगामी चार वर्षसम्मका लागि रहनेछ । ग्लोबल आईएमई बैंकको समेत कार्य अनुभव हाँसिल गरेका तिवारी टीम वर्क समूह व्यवस्थापनमा अब्बल मानिन्छन् । सरल जीवशैली र उच्च विचारधाराका कारण उनी आफ्ना कर्मचारी माझ रुचाईएका पात्रका रुपमा पनि बुझिएको छ ।