

एक वर्षमा १८ खर्ब ४ अर्ब रूपैयाँको वस्तु आयात




काठमाडौं। गत आर्थिक वर्ष २०८१–८२ मा अन्य मुलुकसँग नेपालको व्यापार १९.२४ प्रतिशत बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । आयात अघिल्लो आर्थिक वर्ष २०८०–८१ को तुलनामा १३.२५ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्ष १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । यसैगरी, गत आर्थिक वर्षमा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष नेपालबाट कुल २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । एक वर्षमा भएको यो निर्यात सबैभन्दा उच्च हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष निर्यात ८१.८० प्रतिशत बढेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष १ खर्ब ५२ अर्ब रुपैयाँको वस्तु नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको थियो ।