
सेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार करिब ४ अर्ब
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन घटेको बजार आज बढेर कारोबार भएको हो ।
दिनभरको उतारचढाब बीच सेयर बजार २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने १४० कम्पनीको बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४६२.०४ विन्दुमा पुगेकोछ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सामान्य बढेको दिन करिब ४ अर्बको कारोबार भएको छ । आज ३५४ कम्पनीका १ करोड १२ करोड ३३ हजार ६३६ कित्ता सेयर ४३ हजार ८१२ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।


