
ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडाैंकाे ज्याठास्थित एक होटलबाट २ केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


