
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।

