

नेपाल लाइफ इन्स्योरेन्सले पायो सिल्भर अवार्ड




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिल्भर अवार्ड प्राप्त गरेको छ । सोही कम्पनीले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिर्पोट अवार्ड २०२४ हात पारेको हो ।
कम्पनीले जीवन बीमा विधामा सिल्भर अवार्ड पाएको जनाएको छ । त्यस्तो ऐतिहासिक उपलब्धी हासिल गर्न मद्धत गर्ने सबैलाई कम्पनीले धन्यवाद दिएको छ ।
साथमा, सोही अवसरमा कम्पनीले इतिहास रच्दै अघि बढ्दै नेपाल लाइफ भन्ने नारा समेत अघि सारेको छ । पछिल्लो समय कम्पनीले नेपाली बीमा क्षेत्रकै अन्य विभिन्न रेकर्ड समेत राख्दै गएको अवस्था छ ।