

७० वर्षे लगाउने कुरा चल्दा प्रधानमन्त्री ओलीले भने-मेरो जेल बसाईको समय कटाउनु




काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भेटले आज चर्चा पायो ।
सोही भेटमा पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्नु पर्ने विषय चल्दा प्रधानमन्त्री ओलीले आफूले बसेको १४ वर्षे जेल जीवनको अवधि घटाउनु पर्ने सुनाए । उनले ७० वर्षे उमेर हदले पनि पार्टी अध्यक्ष बन्न कुनै रोकतोक नहुने तथा केही बाधा हुने भए आफूले जेल बस्दा लामो समय काम गर्न नपाएको सुनाए ।
उनको ठट्यौली शैलीका कारण गम्भिर विषय उठान गरेको बेलामा समेत जम्मा भएका समर्थकहरुमा एकाएक हाँसो समेत छाएको थियो ।