

सांग्रिला डेभलपमेन्ट बैंकका २ संस्थापक बाहिरिने




काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट दुई जना संस्थापक सेयरधनी बाहिरिन लागेका छन् । बैंकबाट संस्थापक सेयरधनीहरु शम्शेर बहादुर विष्ट र महेन्द्र प्रसाद गुरुङ बाहिरिन लगागेका छन् । उनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका छन् ।
बिष्टले १५ हजार ८४३ कित्ता र गुरुङले १५ हजार ३८४ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।
उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरमा आवेदन दिने पहिलो दायित्व संसथापक सेयरधनीको हुनेछ ।
तोकिएको समय भित्र संस्थापक सेयरधनीले नकिनेको खण्डमा अन्य व्यक्तिका लागि निष्कासन गर्ने छ ।