

सन नेपाल लाइफको सन मेडिकेयर बीमा योजना:यस कारण छ अपरिहार्य




काठमाडौं । भनिन्छ, बीमा भनेको विपद्को साथी हो । त्यसमा पनि जीवन बीमा भनेको कसैको मुत्यु हुँदा, दीर्घरोग लाग्दा तथा बीमा गरेको अवधि पूरा हुँदा आर्थिक सुरक्षण पाइने उत्तम उपाय पनि हो ।
विश्वका विकसीत देशहरुले पनि बीमाको अभ्यास परापूर्व कालदेखि नै संचालन गर्दै आएको पाइन्छ । हाल नेपालमा पनि नागरिकहरुको विविध सुविधाहरुलाई लक्षित गरेर विभिन्न बीमाका योजनाहरु संचालन गरिरहेको अवस्था छ । आज हामीले सन नेपाल लाइफ इन्स्योरेन्सको सन मेडिकेयरको बारेमा चर्चा गर्दैछौ । कम्पनीले आपतमा राहत भन्ने मुख्य नारा सहित उक्त नौलो किसिमको बीमा योजना संचालन गरिरहेको अवस्था छ ।
के हो त सन मेडीकेयर ?
सन मेडिकेयर नेपाली बीमा क्षेत्रमा एउटा नौलो बीमा सुविधा हो । सो सुविधाले आकस्मिक रुपमा आईपर्ने स्वास्थ्य समस्याहरुमा तत्काल आर्थिक राहात प्रदान गर्ने गर्छ । सोही योजनाले दुर्घटना तथा अन्य गम्भिर रोगहरुलाई समेत समेट्छ । छिटो र झन्झटमुक्त रुपमा दाबी प्रक्रियाको अनुभव प्रदान गर्ने सो योजना सबैको लागि प्रभावकारी बन्ने कम्पनीको आँकलन छ ।
यस्ता छन् विशेषताहरु :
जम्मा १३ सय ९३ रुपैयाँमा नै एक वर्षका लागि एक लाख रुपैयाँसम्मको सुविधा पाउँन सकिन्छ । सो बीमाका लागि न्यूनतम प्रवेश उमेर पाँच वर्ष तथा अधिकतम उमेर ६९ वर्ष रहेको छ । साथै सोही बीमा योजनालाई कम्पनीले संचालन गरिरहेको अन्य बीमा योजनासँग पनि एड अन गर्न मिल्ने प्रावधान रहेको छ ।
जान्नुहोस् मुख्य फाइदाहरु
अधिकांश अवस्थामा बीमितहरुलाई आफूले गरेको बीमाको फाइदाकोको बारेमा पनि त्यति धेरै स्पष्टता नहुने गरेको पाइन्छ । सोही कारण सन नेपाल लाइफले सन मेडिकेयरबाट दाबी पेशमा तत्काल राहात पाइने बताएको छ । त्यस्तै, व्यापक कभरेज हुने भएको र सरल कागजाजबाट द्रुत स्वीकृतिको अभ्यास कम्पनीले अभ्यासमा ल्याएको जानकारी दिएको छ ।
आपतकालिन अवस्थामा पाइने सुविधाका बारेमा
शल्यक्रिया सहित अस्पतालमा रहदा पहिलो दुई दिनको लागि प्रत्येक दिन बीमांक रकमको २५ प्रतिशत तत्पश्चात थप पाँच दिनसम्मको लागि प्रत्येक दिन बीमांक रकमको १० प्रतिशत प्राप्त हुने कम्पनीले जनाएको छ ।
सन मेडिकेयर नै किन त ?
बीमा बजारमा अहिले पोलिसीहरु फालाफाल छन् । तर, पनि आफ्नो अपरिहार्यता बुझेर बीमा पोलिसी खरिद गर्नुको मज्जा नै बेग्लै हुनेगर्छ । सोही कारण सन मेडीकेयर कसैले खरिद गर्छ भने सो व्यक्तीले उक्त सुविधाहरु पाउने कम्पनीको बुझाई छ ।
आकस्मिक स्वास्थ्य उपचारको समस्याका लागि सहयोगी हुनेदेखि अपस्पताल रहदा तत्कालै सुविधा पाइनेसम्मका योजनाहरु उपलब्ध छन् । अप्रत्यासित चिकित्सा खर्चको बोझ कम गर्नेदेखि नेपालका लागि अग्रगामी बीमा समाधानमा यो योजना परेको छ र सोही ग्राहकको सेवामामै आफ्नो समर्पण मुख्य उदेश्य रहेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
यसरी गर्नु होस् काम
सबैभन्दा पहिला सन मेडिकेयर सुविधा रोज्नु पर्ने हुन्छ । त्यसपछि आफ्नो वार्षिक प्रिमियम बुझाउनु पर्छ । कभरेज गरिएको आपतकालिन अवस्थामा, आवश्यक काजगाजहरु पेश गर्नु पर्छ । यति गरेमा आफू र आफ्ना प्रियजनलाई बीमाको दायरामा ल्याएर सुरक्षित राख्न सकिने कम्पनी बताउँछ ।
प्रोडक्टको बारेमा थप जानकारी
सन मेडीकेयर एक राइडर सुविधा हो । सोही कारण यो योजना मात्रै खरिद गर्न मिल्दैन । बीमितले आफूसँग सन नेपालको पहिले नै पोलिसी छ भने नविकरणमा यो योजना पनि थप्न सकिन्छ भने अर्को भनेको समूहिक म्यादी जीवन बीमा, भाग्योदय जीवन बीमा, सुनौलो बाल समृद्ध जीवन बीमा, एकल भुक्तानी बाहेकको अरु सबै योजनाबाट सन मेडिकेयरमा सजिलै जोडिन सकिनेछ ।
नागरिकहरुले नयाँ बीमा योजना खदिर गर्दादेखि नवीकरणको समयमा यो सुविधा लिन सक्ने बताइएको छ । सो सुविधा अन्य स्वास्थ्य योजना भन्दा फरक रहेको कम्पनीले जनाएको छ । एक त यो सुविधा देशको जुनसुकै अस्पतालमा उपचार गर्दा पाइन्छ भने अर्को भनेको बिल बमोजिमको खर्चभन्दा पनि अस्पताल भर्ना गरिएको आधारमा दाबी भुक्तानी गरिने व्यवस्था छ ।
अस्पताल भर्ना भएको ३० दिन भित्र आफ्नो दाबी पेश गर्न सकिने छ । सो सुविधाका लागि कम्तिमा कूल २४ घण्टा वार्डमा बसेको हुनुपर्नेछ ।
यस्तो अवस्थामा पाइदैन सुविधा
नियमित स्वास्थ्य जाँच भइरहेको समस्याका लागि अस्पताल भर्ना हुँदादेखि गैरकानुनी रुपमा संलघ्न भएर घाइतो भइ उपचार गरेको अवस्थामामा बीमा सुविधा नपाईने कम्पनीले जानकारी दिएको छ ।
सो सुविधा नेपालर भरका अस्पतालमा मात्रै उपलब्ध रहेकाले विदेशमा भने उक्त शर्तहरु लागू हुँदैन । साथै, बीमितले सो योजनाको प्रत्येक वर्ष नविकरण गर्नु पर्ने जनाइएको छ ।
यस्ता छन् दाबीका लागि आवश्यक काजगाजहरु
बीमितको निवेदन, बीमलेख नम्बर तथा उपचारको प्रकार, बीमितको नागरिकताको प्रतिलिपि, इमर्जेन्सि टिकेट,अस्पताल भर्ना भएको र डिस्चार्ज भएको काजगाज, अप्रेसन प्रेसक्रिप्सन, डाइगोनोसिस रिपोर्ट, बीमितको चेकको कपी बीमा दाबीको लागि आवश्यक हुन्छ । कतिपय अवस्थामा यी सामान्य कुराहरुको जानकारी नुहँदा पनि बीमितलाई दाबी भुक्तानी दिन अनावश्यक हैरानी खेप्नु पर्नेदेखि बीमाको प्रकृया अनाहकमा लामो हुने गरेको पाइन्छ । सोही कारण कम्पनीले आफूलाई आवश्यक पर्ने काजगाजहरुको विवरणहरु स्पष्ट उल्लेख गरेको अवस्था छ ।
सन मेडिकेयरले निम्न सूचीबद्ध दुर्घटना र रोगहरुमा दिन्छ सुरक्षण
सडक, घर वा कार्यालयमा हुने दुर्घटना ।
एपेन्डिसाइटिस ।
प्यान्क्रियाटाइटिस ।
हृदयघात ।
मस्तिष्कघात ।
विद्युतीय तथा अन्य जलन ।
डुबान ।
खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण ।
आन्द्रामा रगत बग्ने ।
कीरा वा सर्पको टोकाई ।
तापघाट ।
मस्तिष्कमा चोट ।
गर्भाशय बाहिरको गर्भ ।
मानसिक स्वास्थ्य संकट ।
घाउमा संक्रमण ।