
महालक्ष्मी विकास बैंकले पायो सिल्भर अवार्ड

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिल्भर अवार्ड पाएको छ । बैंकले नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४ हात पारेको हो ।
समयमै आफ्ना वित्तीय विवरणहरु, लगायत आर्थिक पारदर्शीता कायम गर्न सफल भएका कारण उसलाई आईक्यानले अवार्ड दिएको हो ।

