

हिमालयन लाइफ इन्स्योरेन्सले चावहिलमा खरिद गर्यो ७५ करोड ८१ लाखको जग्गा




काठमाडौं । बिग मर्जरबाट स्थापित एवम् नेपाली बीमा क्षेत्रमा ऐतिहासीक रेकर्ड कायम गर्न सफल हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंको चावहिलमा ७५ करोड ८१ लाख ६० हजार रुपैयाँको जग्गा खरिद गरेको छ।
सोही जीवन बीमकले व्यवसायीक प्रयोजनका लागि किसनलाल श्रेष्ठ र धुर्व कुमारी श्रेठको नाममा रहेको २१ सय २६ वर्ग मिटर तथा सुन्दर कुमार श्रेष्ठको नाममा रहेको १७२.८६ र किसन लाल श्रेष्ठको नाममा रहेको १२२७.१४ वर्ग मिटर जग्गा खरिद गरेको हो।
हिमालयन लाइफले किनेको जग्गा ३६८८.२० वर्ग मिटर जग्गा किनेको जनाएको हो भने जग्गाको मूल्य ७२ करोड र रजिष्ट्रेशन शुल्क ३ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको अवस्था छ ।