
सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको सुझाव

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज सर्मालाई सपथ गराउदै मन्त्री अधिकारीले उक्त कुरा बताए । बिगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गदैं आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय (एसटीआई) गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको बिश्वास छ ।
मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गदैं समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
कर्जा असुली न्यायधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्य अनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।
मन्त्री अधिकारीले सपथग्रहण गराएसगैं नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले आजैबाट कार्यभार सम्हाल्नु भएको छ


