
सरकारको कृषिमा लगानी फलदायी हुँदै, वार्षिक औसत ४.३ प्रतिशतको वृद्धि

काठमाडौं । सरकारले कृषिमा गरेको लगानी फलादायी भएको पाइएको छ । समग्र कृषि उत्पादक मूल्य सूचकाङ्क आर्थिक वर्ष २०७०/७१ को तेस्रो त्रैमासिकमा १०५.६३ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा वृद्धि भई १५०.२० पुगेको छ । यो १३ वर्षको अवधिमा भएको ७३.५ प्रतिशतको संचित वृद्धि हो यसले वार्षिक रूपमा लगभग ४.३ प्रतिशतको औसत वार्षिक चक्रवृद्धि वृद्धि भएको देखाएको छ ।
यस निरन्तर वृद्धिको प्रवृत्तिले कृषि उत्पादन लागतमा भएको सामान्य मुद्रास्फीति, आपूर्ति पक्षका व्यवधानहरू र सहरीकरण तथा आम्दानी वृद्धि (विप्रेषण वृद्धि ) का कारण आन्तरिक रूपमा बढ्दै गएको खाद्यान्नको मागलाई जनाउँछ ।
राष्ट्रिय तथ्यांक कार्यालयले कृषि उत्पादनक मूल्य सूचकाङक आर्थिक वर्ष २०८२८३ को तेस्रो त्रैमासिक (प्रारम्भिक) प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । सरकारले कृषि क्षेत्रलाई फलदायी बनाउनका लागि कृषि कर्जाका साथै सहुलियतपूर्ण कर्जाका दिदै आएको छ । उक्त कर्जाका कारण मुलुकको कृषि उत्पादन बढेको हो भने अझै पनि सिँचाईको सुविधा, प्रविधिको प्रयोग गरेमा आत्मनिर्भर बन्न सहज हुने कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछानेले बताए ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (माघ–फागुन– चैत २०८२) मा नेपालको कृषि उत्पादक मूल्य सूचकाङ्क, एपीपीआइ १८०.२० पुगेको छ, जुन आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकको सूचकाङ्क १८४.५८ को तुलनामा ३.०४ प्रतिशतको वार्षिक वृद्धि हो। आधार वर्ष २०६९÷७० = १०० मानी तयार गरिएको यस सूचकाङ्कले कृषकले आफूले उब्जनी गरेका कृषि उपजहरुको विक्रिबाट पाउने वास्तविक मूल्य अर्थात फार्म– गेट मूल्यको अवस्था देखाउँछ ।
आधार वर्ष २०६९/७० (सन् २०१२÷१३) यताको १३ वर्षको सङ्कलन अवधिमा तेस्रो त्रैमासिकका लागि अनुमान गरिएको यो सबैभन्दा उच्च कृषि उत्पादक मूल्य सूचकाङ्क मान हो । यस सूचकाङ्कले लगभग सबै वस्तु समूहहरूमा ’फार्म– गेट’ (कृषकले प्राप्त गर्ने) मूल्यमा निरन्तर रूपमा आएको बढ्दो प्रवृत्तिलाई प्रतिविम्बित गर्दछ ।
कृषि उत्पादक मूल्य सूचकाङ्कले कृषकहरूले कृषि उपजहरुको बिक्रि फार्म–गेट (बिक्रिको सुरुआती बिन्दु) मा गर्दा प्राप्त गरेको औसत मूल्यलाई मापन गर्दछ । अर्थात्, यस सूचकाङ्कले उत्पादन आपूर्ति शृङ्खलामा प्रवेश गर्नुअघि कृषकहरूले आर्जन गर्ने मूल्यमा हुने परिवर्तनलाई मापन गर्दछ । कृषि उत्पादक मूल्य सूचकांक बढ्दा कृषकले आफ्नो उब्जनीमा पाएको उचित मूल्य कारण आम्दानी र क्रयशक्ति त बलियो हुन्छ, तर यसले आगामी दिनमा सर्वसाधारण उपभोक्ताका लागि खाद्य सामग्रीमा महँगी बढ्ने सङ्केत पनि गर्दछ ।
उच्च वृद्धि भएका समूहहरूः हिउँददेखि वसन्त ऋतुको सङ्क्रमणकालीन अवधिमा माग र आपूर्ति बीचको असन्तुलन तथा बागवानी वस्तुहरूको उच्च मूल्यका कारण फलफूल (+९.३१%), तरकारी (+७.१६%), र तेलहन (+६.१२%) समूहको सूचकाङ्कको वार्षिक वृद्धि उच्च भएको देखिन्छ ।
ह्रास आएको समूहः मसलाजन्य वस्तु समूहमा सूचकाङ्क वार्षिक २.४०% ले घटेको छ। यसको मुख्य कारण प्याजको मूल्यमा आएको –५.५४% को गिरावट हो । भारतले प्याजको निर्यात नीतिमा गरिएका परिमार्जन पश्चात आपूर्ति सहज भएसँगै गत वर्षको तुलनामा यस वर्ष प्याजको मूल्य घटेको देखिन्छ ।
स्थिर समूहः ब्रोइलर कुखुराको मूल्य वार्षिक रूपमा +०.०८ प्रतिशतले वृद्धि भई लगभग अपरिवर्तित रहेको छ । यसले नियन्त्रित खरिद मूल्य र दानाको स्थिर लागतलाई जनाउँछ । दूधको मूल्यमा भने + १.४४% को सामान्य वृद्धि भएको देखिन्छ ।
Loading Viewer...

