

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न




काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निष्काशन गरको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको केन्द्रीय कार्यालय ट्रेड टावारमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको छ । जसमा ७७ हजार ३ सय ९७ जनाले सेयर पाएका छन् । जसमा ५ जनाले ११ कित्ता सेयर पाउने छन् ।
यी तरिकाबाट हेर्नुहोस् नतिजा:
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.nicasiacapital.com/ipo-result
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login