

नेप्सेमा वृद्धिको लहर कायमै




काठमाडौँ । शेयर बजारमा पछिल्ला दुई दिन यता हरियाली देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.६१ अकंले बढेर २७९४.७८ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै उपसूचकमा हरियाली आएको छ । सर्वाधिक नाफा आर्जन गर्नेमा आज विकास बैंकका लगानीकर्ता रहेको छन् । विकास बैंक समूह ३.७१ प्रतिशतले बढेको हो । साथै, वाणिज्य समूह १.७४ प्रतिशत, फाइनान्स समूह ०.७३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।