

हिम स्टार उर्जाको आइपीओ आज बाँडफाँट हुँदै




काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ आज दिउँसो ३ बजे बाँडफाँटको गरि रहेको हो ।
कम्पनीको आइपीओ हात पार्ने भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीको आइपीओमा ७७ हजार ३९७ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । जसमा सोहि मध्येका ५ जनाले भने थप १।१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।
उक्त आईपीओमा मागभन्दा करिब ३० गुणा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म १९ लाख ९७ हजार २४२ जना लगानीकर्ताबाट २ करोड ३३ लाख ४७ हजार ३३० कित्ता सेयरको लागि आवेदन परेको हो। आइपीओमा १९ लाखको हात रित्तो हुने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरि बाँडफाँट गरेको छ । कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।