

शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३४.४६ अंकले बढेर २७६०.१७ विन्दुमा कायम भएको छ।
त्यस्तै, नेप्सेमा मंगलबार ९अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज कारोबारमा आएको १३ उपसमूह मध्य १२ उपसमूहको परिसूचक बढेको छ । बाँकी एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८१ प्रतिशत बढेको छ। यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।