

नेप्से परिसूचक २५.८९ प्रतिशतले बढ्दा साढे ९ अर्ब बढीको कारोबार




काठमाडौं । सातामा सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक बढ्न पुगेको छ। परिसूचक २५.८९ अंक बढ्न पुगेको हो ।
सोही दिन परिसूचक २७३१.८० विन्दुमा पुगेको बेलामा सेन्सेटिभ इण्डेक्स ७.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंकले बढेको देखिन्छ।
आज ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सोही मध्येका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उचालिएका छन्। सो बाहेकका २ उपसमूहको परिसूचक ओरालो लागेका छन्।
यता, आज माइ खोला हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढेको बेलामा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९२ प्रतिशतले सबैभन्दा धेरै घटेको हो ।