

नेप्से परिसूचक दोहोरो अंकले घट्दा, कारोबार रकम ८ अर्ब माथि




काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । त्यस्तो परिसूचक सोमबार २२.३५ अंकले घट्न पुगेको हो ।
सोही दिन नेप्से २,६८४ को विन्दुमा पुगेको बेलामा सेयर बजारमा ३९ कम्पनीको सेयर भाउँ आकाशिएका छन् । त्यस्तै, २ सय ९ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको देखिन्छ ।
सोमबार, सेयर बजारमा ३ सय ११ कम्पनीले कारोबार गरेका छन् । उनीहरुका १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता सेयर किनबेच भएको बेलामा जम्मा ८ अर्ब ३७ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुन पुगेको नेप्से परिसूचकमा देखिन्छ।
सोमबारका लागि टप गेनर बन्न सफल कम्पनीका लगाानीहरु मैलुङ खोलाका हुन् भने उनीहरुले ६.५६ प्रतिशतका दरले नाफा आर्जन गर्न सफल भएका छन् ।
सोही दिन सबैभन्दा धेरै गुमाउने लगानीकर्ताहरु राप्ती हाइड्रोका हुन भने उनीहरुले १० प्रतिशतका गुमाएको नेप्सेमा देखिन्छ ।