

साना किसान प्रति लचक बने कृषिमन्त्री अधिकारी, गभर्नरलाई भने, ऋणमा सहजिकरण गर्दिनु




काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सहज बनाउन जोड दिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नरसँग मन्त्रालयमा भएको भेटमा सो कुरा बताएका हुन् ।
सोही छलफलमा गर्भनर डा. विश्वनाथ पौडेलसँग कुराकानी गर्दै मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता दर्शाएका छन्।
‘छलफलमा कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु’ मन्त्री अधिकारीले भने । मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए । सरकारी स्वामित्वका बैंकहरुले पनि कृषि कर्जा बढाउनुपर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाको पालना उनीहरुले गर्नपर्नेमा मन्त्री अधिकारीले सुनाए।