

अभियान लघुवित्तको लकइनको म्याद साउनसम्म रहने




काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको १५ लाख ३७ हजार ५०० कित्ता सेयरको लकइन म्याद आगामी साउन २९ मा समाप्त हुनेछ। उक्त कम्पनीको संस्थापकतर्फको १५ लाख २५ हजार कित्ता सेयर तथा कर्मचारीतर्फको १२ हजार ५०० कित्ता सेयर लकइनमा रहेको पाइएको हो।
त्यस्तै, कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक एवम् कर्मचारीतर्फको शेयर लकइनमा राख्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएसँगै उक्त सेयर लकइनमा रहेको बताइएको छ ।
हाल कम्पनीले वि.स. २०७९ साउन ४ गतेदेखि २२ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्कासन गरी साउन ३० गते बाँडफाँड गरेको अवस्थामा सोही मितिले ३ वर्षसम्म शेयर लकइनमा राख्नुपर्ने प्रावधान अनुरुप सोही सेयरहरू हालसम्म लकइनमा रहेका छन् जसको अवधि साउन २९ गतेबाट समाप्त हुने जनाइएको हो ।