

प्रिओपन सेसनमा नेप्से परिसूचक ९ अंकले बढ्यो




काठमाडौं । साताको दोस्रो दिन सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक बढेको छ । परिसूचक ९ अंकले बढ्न पुगेको हो।
हिजो भने २.४० अंक सोही सूचक बढ्दा २७०६.३६ विन्दुमा सेयर बजार बन्द भएको थियो । सूचक सोही सेसनमा ९.०३ अंक बढेर २७१५.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०९ अंक बढेको देखिन्छ।
त्यस्तै, आज प्रिओपन सेसनमा ७३ कम्पनीहरुले १ सय २६ पटक कारोबार गर्दा १ करोड ३७ लाख ७० हजार ३ सय ३ रुपैयाँ बराबरको २६ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ। सोहीमध्ये ४२ स्टकको मूल्य बढेको बेलामा यता २९ स्टकको मूल्य ओरालो लागेको हो ।