

नेप्से परिसूचक २.४० अंकले बढ्दा, ९ अर्ब ५० करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढ्न पुगेको छ । आईतबार परिसूचक २.४० अंकले बढ्न पुगेको हो ।
सोही दिन परिसूचक २७०६.३६ बिन्दु कायम हुँदा नेप्सेमा ३ सय १८ कम्पनीले २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ताको कारोबार गरेका छन् । उनीहरुले ९ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार गर्न सफल भएका हुन्।
आज बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र ट्रेडिङ समूहको उपसूचक ३६.७२ बिन्दु कायम भएको बेलामा ८७ कम्पनीको सेयर मूल्य बढेको र १ सय ६२ कम्पनीको सेयर मूल्य बढ्न पुगेको देखिन्छ ।