

सन नेपाल लाइफले फेस भ्यालूमा हकप्रद ब्रिकी गर्ने




काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले फेस भ्यालूमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले भोलि असार २३ गतेदेखि २ लाख २४ हजार ५०६ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भएको हो।
यता, जीवन बीमक कम्पनीले बिक्रीमा राखेको कुल सेयरमध्ये संस्थापक समूहतर्फको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहतर्फको ४ हजार ४९ कित्ता शेयर लकइनमा रहेको देखिन्छ । त्यसको लकइन अवधि आगामी वर्षको भदौ १४ गते समाप्त हुने बेलामा फेरी सर्वसाधारण समूहकै १ लाख ४० हजार ४५७ कित्ता शेयर भने लकइनमा नरहेको देखिन्छ।
त्यस्तै, कम्पनीले यी सेयरहरू प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यसमा इच्छुक जोकोहीले पनि खरीदका लागि आवेदन दिन मिल्ने तथा आवेदकले सर्वसाधारणतर्फ घटीमा १०० कित्ता र संस्थापकतर्फ घटीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्ने बताइएको छ । हाल आवेदनको अन्तिम म्याद साउन ३० गतेसम्म कायम गरिएको छ।