

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर




काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६० रुपैयाँ १८ पैसा कायम गरिएको छ ।
त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।