
दशैँ अघि बढेर बन्द भयो नेप्से, कारोबार साढे ४ अर्ब माथि
काठमाडौं । यो साताको अन्तिम दिन तथा दशैँ अघिको पनि अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा पनि बढको बजार आज पनि बढेर बन्द भएको हो ।
आज सेयर बजार ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ४७७.९५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सँगै आज कारोबार पनि बढेको छ ।
आज सेयर बजारमा ३४८ कम्पनीका १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता सेयर ३९ हजार १९८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोड २ लाख ४२ हजार ७९ रुपैयाँको कारोबार भएको छ ।


