

खानी खोला हाइड्रोपावरको सेयर आउने




काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुको हकप्रद सेयर तथा आईपिओ सार्वजनिक हुने लहर नै चलेको छ । ठीक यही बेलामा खानी खोला हाइड्रोपावर कम्पनीले समेत हकप्रद जारी गर्ने भएको हो।
सोही हकप्रद जारी गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको बेलामा उसले चुक्तापुँजीको १ः१ अनुपातमा भन्नाले १ सय प्रतिशत हकप्रद जारी गर्ने अन्तिम तयारी गरेको छ । हाल सोही कम्पनीका लगाीकर्ताले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने बताएको बेलामा (फेस भ्यालू ) एक सय रुपैयाँले ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयरक बिक्रीका लागि नियामक निकायबाट अनुमति पाएको हो।
अब त्यस्तो हकप्रद बिक्रीसँगै उक्त कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६ सय रुपैयाँ कायम हुने बताइएको छ भने सोही हकप्रदको बिक्रीका लागि प्रबन्धकमा सिटिजन्स क्यापिटल तोकिएको अवस्था छ ।