

हिमालयन लाइफको साधारणसभा सम्पन्न, सयेरधनीले हात पारे ८ प्रतिशत नगद लाभांश




काठमाडौं । मंगलबार, जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सोहि सभाबाट लगानीकर्ता मालामाल भएका हुन् ।
सो सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो भने गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको अवस्था छ।
त्यस्तै, आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको बेलामा यता कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पास गरिएको छ ।
हिमालयन लाइफले जेठ २८ गते १ दिन बुक क्लोज गरेको जनाएको हो।