

यस्तो छ आज सुनको बजार भाउ




काठमाडौँ । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोही दिन हिजो बढेको सुन आज भने स्थिर रहन पुगेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको बेलामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
सोही बेला चाँदीको मूल्य प्रतितोला २ हजार १७० रुपैयाँ कायम भएको महासंघले जनाएको हो।