

सोमबार सुनको मूल्य स्थिर




काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहन पुगेको छ। हिजो बढेको भए पनि आज भने सुनको मूल्य स्थिर रहन पुगेको हो।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघले दिएको जानकारी अनुसार अहिले नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
साथै, सुनको भाउ स्थिर रहेको दिन चाँदीको मूल्य पनि स्थिर बन्दै तोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।