

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त




काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छिन् । उनलाई नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम च.नं. संस्थान ३१७८ को नियुक्ति पत्रबाट निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।
यसअघि उन कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु आएको र जेठ २८ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको बताइएको छ ।
त्यस्तै, नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी ई सम्म अध्ययन गरेको र उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन् । यता, २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएको र उनको २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएको अवस्था छ ।
पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जनाएका हुन् ।