

बुधबार राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने




काठमाडौं । पछिल्लो समय बैंक, वित्तीय क्षेत्रको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दैनिक जसो मोटो मात्रामा रकम प्रशोचन गर्दै आएको छ । त्यसरी रकम प्रशोचन गर्नुको पछाडी उसले बढ्दो तरलता व्यवस्थापनलाई नै कारण देखाउँदै आएको हो ।
ठीक यस्तै बेलामा बुधबार समेत राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
यता, राष्ट्र बैंकले २१ दिन अवधीका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार १८ गते फिर्ता पाउनेछन् भने ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।लनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको अवस्था छ।
त्यसरी नै बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ भने राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता राखिएको जनाइएको हो ।