

तोलामा १३ सयले बढ्यो सुनको भाउ




काठमाडौं । साताको चौथौ दिन सुनको भाउँ बढ्न पुगेको छ । तोलामै १३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।
बुधबार सुन तोलामा १ लाख ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको बेलामा हिजो प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार प्रतितोलाको २ हजार १ सय ६५ रुपैयाँमा किनबेच भएको सुन बुधबार पनि सोही दर कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको हो ।