

नेशनल लाइफका प्रमुख व्यवसाय प्रबन्धक धर्मराज भण्डारीलाई सीईओ खत्रीको सम्मान




काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख व्यवसाय प्रबन्धक धर्मराज भण्डारीलाई सीईओ सुरेश खत्रीले सम्मान प्रदान गरेका छन् । भण्डारी सन् २०२५ को एमडीआरटी बन्न सफल भएसँगै संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् ।
आगामी जुन २० देखि २२ मा आयोजना हुन गइरहेको एमडीआरटी एनुयल मिटिंगमा सहभागी हुन भण्डारी प्रस्थान गर्न लागेका हुन् । उनको योगदानको कदर गर्दै र सोही भ्रमणको सफलताको कामना गर्दै नेशनल लाइफका सीईओ खत्रीले एक कार्यक्रममार्फत सम्मान प्रदान गरेका हुन् ।