

६ सयले घट्यो सुनको मूल्य




काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्न पुगेको छ । सोही दिन चाँदीको मूल्यले १५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको तोलामा १५ रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको बेलामा चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने चाँदी प्रतितोला २ हजार १ सय ५० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको हो।