

नेपाल धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले भने : नियामकीय क्षमता सबल छैन




काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले हाल बजार विकासको अनुपातमा ग्राहकले पाउने सेवा भने सबल नरहे नियामक क्षमता विस्तार हुन नसकेको खुलासा गरेका हुन्।
आज बोर्डको ३३औं वार्षिकोत्सव कार्यक्रममा उनले सुपरिवेक्षण क्षमतामा चुनौती रहेकोमा जोड दिए।
यता, आगामी आर्थिक वर्षको बजेटमा सेवानको क्षमता बढाउनेदेखि एनआरएनएलाई बजारमा प्रवेश गराउने लगायतका योजना रहेको उनको भनाई छ।
अध्यक्ष श्रेष्ठल बजार विकासमा सहायता पुग्ने गरी एनआरएनलाई सेयर बजारमा आकर्षक स्थान दिनेदेखि एसएमईहरूलाई धितोपत्र बजारमा सहज प्रवेश गराउन अपरिहार्य रहेकोमा जोड दिएका हुन् ।
उनले केही मुख्य विषय वस्तुमा सुधार गर्न सके नेपालको सेयर बजारले छुट्टै फड्को मार्ने सुनाएका ुहन् ।
बजारमा अन्तिम समयमा हुने चलखेल रोक्नका लागि काम भइरहेको उनले बताए।
उनले बोर्डको लागि जग्गा खरिदको काम अन्तिम चरणमा पुगेको जानकारी गराए।