
सेयर बजारमा दोहोरो अंकको वृद्धि, परिसूचक २६ सय माथि पुग्दा कारोबार ४ अर्ब माथि
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार सेयर बजार दोहोरो अंकले बढेर २६०० विन्दुमा पुगेको हो ।
अघिल्लो दिनसम्म २५०० को विन्दुमा रहेको नेप्से आज २६२१.२६ विन्दुमा पुगेको हो । आज सेयर बजार परिसूचक २१.३२ अंकले बढेको छ । आज सेयर बजारमा १८८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको मूल्य घटेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै बुधबार सेन्सेटिभ इन्डेक्स पनि ४.७९ अंकले बढेर ४७४.९६ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन ४ अर्ब माथिको कारोबार भएको छ ।
बुधबार ३५४ कम्पनीका १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर ३९ हजार १८३ पटक खरिद बिक्री हुँदा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँको कारोबार भएको छ ।


