

प्रिन्सिपल बिमला पाण्डेलाई छत्रदेव गाउँपालिकाको उत्कृष्ट बुहारी सम्मान




काठमाडौं । अमर आधारभूत विद्यालय, छत्रदेव गाउँपालिकामा रहेको चार जना महिला शिक्षकद्वारा सञ्चालित नमुना विद्यालय हो। विद्यालयकी प्रिन्सिपल बिमला पाण्डेले ३१ वर्षदेखि कच्ची भवनदेखि पक्की भवनसम्मको यात्रा तय गर्दै शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिएको जनाइएको हो।
यता, उनी १२ वर्षदेखि ब्रेन हेमरेजका कारण अशक्त सासुआमाको सेवा गर्दै घर गृहस्थी पनि सम्हाल्दै आएको बताइएको छ। उनको यो समर्पण, सहनशीलता र माया–ममतालाई उच्च मूल्याङ्कन गर्दै छत्रदेव गाउँपालिकाले उत्कृष्ट बुहारीको रूपमा सम्मानित गरिसकेको छ। हाल उनी लुम्बिनी प्रदेशकै उत्कृष्ट शिक्षिकाको उपाधिमा पनि विभूषित भएको जनाइएको छ।
उनीप्रति हार्दिक सम्मान र शुभकामना।