
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग
काठमाडौ । सांग्रिला डेभलपमेन्ट बैंकले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको खाद्यान्न सहयोग यस बैंकका प्रमुख कार्यकारी अधिकृत रविन सिंजापती र बरिष्ठ नायव महाप्रवन्धक अपूर्वप्रसाद जोशीले मानव सेवा आश्रम सामाखुशीमा हस्तान्तरण गरेका हुन् ।


