

राधी विद्युत कम्पनीले दोर्दीखोला हाइड्रोको १६ लाख कित्ता बढी सेयर बेच्दै




काठमाडौं । राधी विद्युत कम्पनीले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको केही सेयर दोस्रो बजारमा बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले सोही रहेको दोर्दी खोलाको १६ लाख ४४ हजार ८ सय ८८ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
साथै, दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक सेयरको लकइन अवधि २०८२ असार ७ गते समाप्त हुँदै छ । लकइन अवधि सकिनु अगाडी नै कम्पनीले सेयर बिक्रीको निर्णय गरेको हो । त्यस्तो लकइन अवधि सकिएपछि मात्र कम्पनीले शेयर बिक्री गर्न पाउने जनाइएको हो ।