

सुनको मूल्यमा स्थिरता छाएको दिन, चाँदीको भाउँ बढ्यो




काठमाडौं। शुक्रबार, नेपाली बजारमा सुनको मूल्यमा एकाएक स्थिरता छाएको छ । हिजो, बिहिबार बढेको सुनको भाउ आज स्थिर रहन पुगेको हो ।
यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको अवस्था छ ।
साथै, सोही दिन चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढ्न पुगेको छ । सुनको मूल्यस्थिर रहेको दिन चाँदीको मूल्य तोलाको २ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको हो ।