

हिम स्टार हाइड्रोको आईपीओ जेठ ३० गतेबाट आउने




काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी गर्न लागेको सोही आईपीओ यही जेठ ३० गतेदेखि आउँने भएको हो ।
यता, कम्पनीका अनुसार पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला हुने भन्दै कम्पनीले आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरेर यसपालिाको आईपिओ ल्याउने तयारी पूरा गरेको अवस्था छ ।
सोही प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपैयाँबराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको जनाइएको छ।
सोहीबाट जारी पुँजीको ५ भन्नाले १ लाख ८६ हजार ५०० कित्ता नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा २५ प्रतिशत ९ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३२ हजार ५०० कित्तामध्ये ९३ हजार २५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले किन्न सक्ने छन् ।